झापाका ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

होमल्याण्ड खबर

२०७७ बैशाख १२ गते, शुक्रबार २०:५७ मा प्रकाशित

नेपालमा थप एक जनामा कोरोना पुष्टि भएको छ । झापामा ६२ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित पुरुष झापा रहेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण कोरोना संक्रमण पुष्टी भएको हो । उनलाई हाल सोहि अस्पतालको आइसोलेशनमा राखिएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।