११ जेष्ठ २०८३, सोमबार
नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ र ३ का ५० वर्षीया दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज कोरोना संक्रमण पुष्टि भएका दुई जना यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका व्यक्ति हुन्।


यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमध्ये १२ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको छ। 