थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

होमल्याण्ड खबर

२०७७ बैशाख २९ गते, सोमबार ११:३३ मा प्रकाशित

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका १८ वर्ष देखि ३४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।