११ जेष्ठ २०८३, सोमबार
नेपालमा एकैदिन ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कपिलवस्तु, रूपन्देही, पर्सा र बाराका ५७ जनामा कोरो संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।


योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९१ पुगेको छ । 