थप ९ जनामा कारोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ जेष्ठ २ गते, शुक्रबार ०८:४६ मा प्रकाशित

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले थप नौ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका एक जना पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।