नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

होमल्याण्ड खबर

२०७७ जेष्ठ ६ गते, मंगलवार ०७:४७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमा उठेका प्रश्नमा प्रतिनिधि सभामा आज जवाफ दिने भएका छन् । आज १२ बजे प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ मा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत पनि मंगलबार नै गर्ने तयारी संसद सचिवलायले गरेको छ। संशोधन प्रस्तावमा निर्णय भएपछि सभामुखले उक्त कार्यक्रम पारितका लागि निर्णयार्थ पेश गर्ने छन्।

बहुमतले उक्त प्रस्ताव पास गरेपछि सरकारले त्यसैको आधारमा जेठ १५ गते बजेट पेश गर्ने छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव गर्ने पेश गर्ने कार्यसूची पनि रहेको छ।