थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

होमल्याण्ड खबर

२०७७ जेष्ठ ११ गते, आईतवार १७:५५ मा प्रकाशित

थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण पुष्टि गरेको हुन् ।

योसंगै संक्रमितको संख्या ६०३ पुगेको छ भने ८७ जना निको भएर फर्किएका छन् ।

नयाँ संक्रमित पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुका रहेका छन् । त्यस्तै, गुल्मीको मदानेका पनि एकजना संक्रमित भेटिएका छन्।

पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोट भएको छ। ककनी गाउँपालिका ३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ।