थप १२ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ जेष्ठ १३ गते, मंगलवार १०:०० मा प्रकाशित

सुर्खेत जिल्लामा थप १२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन्। यसमध्ये ११ जना पुरुष र एक जना महिला रहेको विज्ञप्तिमा उल्लेख छ।  यो सँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ।