१० मंसिर २०८१, सोमबार
मंगलबार राति आएको पहिरोले साँफे –मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगंगा नगरपालिका–१, अम्कोटको द्वारीमा सडक बन्द भएको छ ।
सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुरँले जनाएको छ ।
जेसिवी प्रयोग गरेर बाटो खोल्न खोज्दा सम्भव नभएपछि स्काभेटर नै प्रयोग गर्नुपर्ने भएको प्रहरी कार्यालयले जनाएको छ ।
सडक बन्द भएपछि लामो र छोटो दूरीका यातायातका साधन रोकिएका छन् । सडक खोल्ने प्रयासका लागि पिएस कम्पनीलाई आग्रह गरिएको प्रहरी कार्यालयको भनाइ रहेको छ ।