११ जेष्ठ २०८३, सोमबार
समसामयिक बिषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवासमा साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
क्याबिनेट बैठक अघि दिउसो ४ बजे सुरक्षा निकायका प्रमुखहरुको बैठक बोलाइएको छ। बैठकमा सरकारद्वारा गठिन उच्चस्तरीय समितिको बैठकको निर्णय पेस गर्ने तयारी छ। उक्त समितिको शुक्रबारको बैठकले विदेशमा अलपत्र परेका कामदारको उद्धार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकमा जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने बिषयमा छलफल हुने बताइएको छ। सरकारले पछिल्लो समय जारी गरेको लकडाउनको मिति यहि जेठ २० गते सकिँदै छ। मापदण्ड जारी गर्दै लकडाउन खुकुलो पार्नुपर्ने आवाज चौतर्फी उठ्दै गएको छ।

