थप दुई सय १ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ जेष्ठ २१ गते, बुधबार १६:४७ मा प्रकाशित

नेपालमा दुई सय १ जनाम कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियमित पत्रकार सम्मेलन मार्फत डा. बिकास देकोटाले बताए अनुसार १७९ जना पुरुष र २२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनभाइरस (कोभिड–१९) हालसम्म १ लाख ५५ हजार ८६८ जना ब्याक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । हालसम्म २ सय ७८ जना निको भएर घर फिर्किसकेका छन् भने २४ घण्टामा  थप १२ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा २ सय २२ जना पुरुष र ५६ महिला रहेका छन् ।