कोरोनाबाट थप एक जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ जेष्ठ २२ गते, बिहीबार १६:४८ मा प्रकाशित

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाल्पाका एक जनाको कोरोनाका कारण मृत्यु भएको  पुष्टि गरेका हुन् ।

योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।