रूकुम घटनाकाे छानबिनका लागि संसदीय समिति गठन हुन्छ : सभामुख

होमल्याण्ड खबर

२०७७ जेष्ठ २३ गते, शुक्रबार १२:२९ मा प्रकाशित

प्रतिनिधि सभाका सभामुख अग्‍निप्रसाद सापकोटाले रुकुम पश्चिममा भएकाे घटनाकाे छानबिनका लागि संसदीय समिति गठन गर्ने वचन दिनुभएकाे छ । रूकुममा केही साताअघि ६ जना युवाको ज्यान जाने गरी भएको हत्याकाण्ड छानविनका लागि संसदीय समिति गठन गर्न सांसदहरूले माग गरेपछि सभामुखले प्रतिबद्धता जाहेर गर्नुभएकाे हाे ।

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिने भन्दै उठेर विरोध जनाएकाे थियाे । कांग्रेस समेतक पुष्पा भुषालले उक्त घटना छानविन गर्न तत्कालै संसदीय समिति गठन गर्न माग गर्नुभएकाे हाे ।

त्यसपछि सभामुख सापकोटाले रुलिङ गर्दै संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गरेर संसदीय छानबिन समिति गठन गर्ने बताउनुभएकाे हाे । सभामुखकाे प्रतिबद्धतापछि संसद बैठकले जारी रहेकाे छ ।