आज थपिए २७८ संक्रमित, नेपालभर काेराेना संक्रमितकाे संख्या २९१२ पुग्याे

होमल्याण्ड खबर

२०७७ जेष्ठ २३ गते, शुक्रबार १६:३९ मा प्रकाशित

नेपालमा आज थप २७८ जनामा कोरोना भाइरसको संक्रमण भएकाे पुष्टि भएको छ । यससँगै नेपालभर २ हजार ९ सय १२ जना संक्रमित पुगेका छन् ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको कोरोना अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएकाे छ । हिंजाे ३ सय ३४ जना थपिएसँगै २ हजार ६ सय ३४ पुगेको थियो ।

साथै देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेकाे र पछिल्लो तथ्यांक अनुसार ४३ जना डिस्चार्ज भएसँगै जम्मा ३३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएकाे पनि उहाँले जानकारी दिनुभएकाे छ । नेपालमा अहिलेसम्म ११ जनाको कोरोनाबाट मृत्यु भएको छ।