थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो

होमल्याण्ड खबर

२०७७ जेष्ठ २६ गते, सोमबार १६:३४ मा प्रकाशित

थप ३१४ जनामा कोरोना संक्रमण भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ भने ४ सय ८८ जना निको भएर फर्किसकेका छन् ।