न्युरोडमा लकडाउन उल्लघंन गर्दै खोलिएका पसल प्रहरीले बन्द गरायो, व्यापारी आक्रोशित

होमल्याण्ड खबर

२०७७ जेष्ठ २७ गते, मंगलवार १०:४६ मा प्रकाशित

लकडाउनको उल्लघंन गर्दै न्युरोड क्षेत्रका व्यापारीले खोलेको पसल प्रहरीले बन्द गराएको छ । मंगलबार बिहानैदेखि न्युरोड क्षेत्रमा पहिले भन्दा बढी पसलहरु खोलिएका थिए । पसहलरु खोल्ने क्रम सुरुभएसँगै ठूलो संख्यामा प्रहरी परिचालित भएका थिए । प्रहरीहरुले सुरुमा पसल बन्द गर्न आग्र गरे पनि व्यवसायीले नटेरेपछि प्रहरी आफैं सटर तान्दै हिडेका थिए ।

व्यवसायीहरुले खोलेका पसलहरु प्रहरीले जबरजस्ति बन्द गराएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । उनले सामाजिक दुरी कायम गरि खुला गरिएका पसलहरु बन्द गराएर प्रहरीले दादागिरी देखाएको आरोप समेत लगाए ।

लामो समयदेखिको लकडाउनका कारण व्यवसायीहरु धरासायी भएको र उपभोक्ताले समेत बजार खोल्नुपर्ने माग गर्न थालेपछि आफुहरुले ११ बजेसम्म पसल खोल्ने निर्णय गरेको कटुवाल बताउँछन् ।