११ जेष्ठ २०८३, सोमबार
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएकाे छ । लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएकाे बताइएकाे छ ।
आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ । सरकारले जेठ ३२ गतेसम्म लकडाउन लगाएको छ । लकडाउनका कारण मारमा परेको भन्दै व्यावसायीहरुले सरकारको विरोध गर्दै आएका छन् ।

