नक्सा सच्याउन संविधान संशोधन विधेयक संसदमा पेश, सैद्धान्तिक छलफल सुरु

होमल्याण्ड खबर

२०७७ जेष्ठ २७ गते, मंगलवार १९:५२ मा प्रकाशित

नेपालको नक्सा र निशान छाप सच्याउन संविधानको दोस्रो संशोधन विधेयक संसदमा प्रस्तुत भएको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले मंगलबारको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस भनी प्रस्ताव पेश गरेकी हुन् । उक्त विधेयकमाथि सामान्य छलफल पनि सुरु भएको छ ।

भारतले अतिक्रमण गरेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नक्सा जारी गरेसँगै त्यसअनुसार नक्सा र निसान छापभित्रको नक्सा सच्याउन संविधान संशोधन गर्न लागिएको हो । यसअघि नै प्रस्तुत गर्न लागिएको उक्त विधेयक विभिन्न कारण देखाउँदै ढिलो गरिएको थियो । जेठ १७ गते बसेको विपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका पक्षमा उभिने निर्णय गरेपछि विधेयक प्रतिनिधिसभामा पेस गरिएको हो ।