एसईई परीक्षा खारेज, विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने

होमल्याण्ड खबर

२०७७ जेष्ठ २८ गते, बुधबार २१:१७ मा प्रकाशित

यस पटकको एसईई परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । एसईई खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ ।