कुबेतबाट नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज

होमल्याण्ड खबर

२०७७ जेष्ठ २९ गते, बिहीबार १३:४६ मा प्रकाशित

कुबेतमा अलपत्र नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुलाई आज नेपाल ल्याइएको हो ।

उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । अब उनीहरुलाई प्रदेश अनुसार होल्डिङ सेन्टरमा राखिने छ । कुवेत सरकारको पहल र सहयोगमा त्यहाँ अलपत्र नेपालीलाई ल्याइएको हो ।