आज २५० जना कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ जेष्ठ २९ गते, बिहीबार १६:३१ मा प्रकाशित

आज थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत २३० जना पुरुष र २० नयाँ महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

यो सँगै नेपालमा कुल संख्या संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ।

सैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण मृत्यु भएकाको कुल संख्या १५ रहेको छ भने स्वास्थ्योपचार पछि निको भएकाको संख्या ८६१ पुगेको छ ।

आज मात्रै नेपालमा थप १८७ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् ।