आज थपिए ४५१ कोरोना संक्रमित

होमल्याण्ड खबर

२०७७ असार १ गते, सोमबार १६:३६ मा प्रकाशित

नेपालमा आज थप ४५१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत ४१६ पुरुष र ३५ जना महिलामा कोरोना संक्रमण फेला परेको जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । ती मध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन्।