११ जेष्ठ २०८३, सोमबार
नेपालमा आज थप ५ सय ८६ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा आज थप ५ सय ८६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित मध्ये पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।


डिस्चार्ज हुनेमा सबै पुरुष रहेका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या १ हजार १ सय ६७ पुगेको छ । जसमध्ये ११२ महिला र १ हजार ५५ पुरुष रहेका छन् ।