कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

होमल्याण्ड खबर

२०७७ असार ४ गते, बिहीबार १६:४६ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुष रहेका छन्। उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै, लम्बीचुहा २ कैलालीका ४३ वर्षीया महिलाको मृत्यु भएको छ। उनको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो।

यो सँगै कुल मृत्यु हुनेको संख्या २२ पुगेको छ। नेपालको ७४ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ।