काभ्रेमा बिहानै गोली चल्यो, ५ जना घाइते

होमल्याण्ड खबर

२०७७ असार १२ गते, शुक्रबार ०९:४१ मा प्रकाशित

काभ्रे जिल्लाको रोशी गाँउपालिकामा बोधिचित्त लुटपाट गर्ने क्रममा आज बिहान गोली चलेको छ । बोधिचित्त लुटपाट गर्न खोज्दा भएको गोली प्रहारमा ५ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र वीरबहादुर लामाको बोधिचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो ।

घटनास्थलमा २ गोलीका खोका भेटिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले घटनापछि थप प्रहरी पठाएको बताउनुभयो ।