नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरु

होमल्याण्ड खबर

२०७७ असार १२ गते, शुक्रबार १२:३३ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज  (शुक्रबार)  प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बालुवाटारमा सुरू भएको बैठकमा स्थायी समिति सदस्यहरूले बैठकमा प्रस्तुत भएका एजेण्डामा केन्द्रित रहेर आफ्ना धारणा राख्नेछन्।

बुधबारबाट सुरु भएको पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य व्यक्त गरका थिए।

बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध कार्यसूचीमा छलफल हुनेछ।