लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने सरकारकाे निर्णय

होमल्याण्ड खबर

२०७७ असार १५ गते, सोमबार २३:०३ मा प्रकाशित

काेराेना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा जारी लकडाउन साउन ७ गतेसम्म कायम हुने भएको छ ।

सरकारले लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदकाे साेमबार साँझ बसेकाेे बैठकले लकडाउनबारे अहिलेसम्मकाे अवस्थालाई  ३ साता थप्नने निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषदले सीमा नाका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान समेत साउन ७ गतेसम्म बन्द नै अवस्थामा राख्ने निर्णय गरेको छ ।