माथिल्लो तामाकोशीले कार्तिकपछि विद्युत् उत्पादन थाल्ने

होमल्याण्ड खबर

२०७७ असार १६ गते, मंगलवार १५:१३ मा प्रकाशित

निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कार्तिकपछि विद्युत् उत्पादन थाल्ने भएको छ । असारमा पहिलो युनिटको विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भए पनि कोरोना भाइरस प्रभावका कारण कात्तिकपछि मात्रै विद्युत् उत्पादन हुने आयोजनाले जनाएको हो ।

यद्यपि, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव कम गर्न सरकारले गरेको लकडाउनबीच पनि आयोजनाको काम भने निरन्तर भइरहेको छ । आयोजनाको पहिलो युनिट सञ्चालन भएको ४ महिनापछि आयोजनाका सबै युनिटबाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजना सम्पन्न हुदाँसम्म ब्याजसहित गरेर ७२ अर्ब खर्च हुने अनुमान गरिएको छ ।