थप ३१६ जनामा कोरोना, संक्रमित संख्या १३,५६४

होमल्याण्ड खबर

२०७७ असार १६ गते, मंगलवार १७:१८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा तीन सय १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ७१ महिला र दुइ सय ४५ पुरुष गरी थप तीन सय १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार पाँच सय ६४ जना पुगेको छ । नेपालमा हालसम्म ७६ जिल्लामा काेराेना भाइरस फैलिसकेकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना भाइरस जितेर घर फर्किएकाे मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत छन् ।