अनिवार्य मास्क अभियानमा आराध्या र क्यारोलिन निशुल्क राहत बाडदै

होमल्याण्ड खबर

२०७७ असार १७ गते, बुधबार १६:१७ मा प्रकाशित

सुदुरपश्चिम प्रदेशमा ९ बर्षको नानी आराध्या भण्डारी र ७बर्षकि क्यारोलिन भण्डारी मास्क बाड्न बजार निस्किँदा धेरै आश्चर्यचकित भए ।
कोरोना रोगीको घर बाटै टाढा बस्ने अनि अस्पताल नै सिज गरेर भाग्ने मनोबैज्ञानिक त्रास हटाउन केन्द्रीय विधालय काठमाडौमा अध्ययनरत दिदिबहिनिले कोरोना संक्रमित बस्ने कोरोना अस्पताल मै गएर नर्स र डाक्टरलाई जुस खुवाए भने बिरामी मास्क, सेनेटाईजर साबुन, तेल, सर्फ, बाल्टी, ब्रेड, फलफुल आदि सामाग्री प्रमुख अतिथी व्यंग्यकार गडसेरी माईला मार्फत बितरण गरेका छन् ।
प्रमुख अतिथि माईलाले कार्यक्रमलाई सम्बोधन गर्दै हुने बिरुवा को चिल्लो पातझै कलिला नानिहरुको सामाजिक सेवाकार्य अभियानको प्रशंशा गरे ।
बिशिस्ट अतिथी नेपाल महिला संघ कैलाली अध्यक्ष पुस्पा भट्टले साना नानीहरु मास्क बितरण अभियानले नेपाली महिलाको नेतृत्व क्षमताको अभिबृद्दी हुने र प्रदेश मै स्वास्थय सचेतना बढ्ने बताइन् । युवानेता नृप सुनारले धनगढी उपमहानगरपालिका कोरोना अस्पताल, नेपाल पत्रकार महासंघ र अन्य स्थानमा युवानेता क्षितिज भण्डारीको अगुवाई मेयर नृप ओड मार्फत बेग्लै कार्यक्रममा स्वास्थ तथा दैनिक आवस्यक सामाग्री बितरण गरिएको बताए । कोरोनाको प्रादेशिक अस्पताल प्रशासन र बिरामी राहत बितरणमा सहयोगको लागि सामाजिक बिकास मन्त्रालय, ,पत्रकार प्रकाशबिक्रम शाह, प्रीन्सिपल बिष्णु दौल्यल, अस्पताल परिवार सहित सुरक्षा र सामाजिक दुरि अनुगमनका लागि प्रमुख तथा वडा प्रहरी कार्यालय धनगढीलाई आयोजक हरिपृया( प्रकाश फाउन्डेसनका अध्यक्ष प्रकाशनारायण भण्डारी ले धन्यवाद दिएका छन् ।