११ जेष्ठ २०८३, सोमबार
नेपालमा पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा सोमबार एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकरी दिनुभयो । पछिल्लाे २४ घण्टामा दुइ सय ६४ जनाले काेराेना जितेर घर फर्किएका छन् । यससँगै नेपालमा काेराेना जितेर डिस्चार्ज हुनेकाे संख्या ६ हजार ८ सय ११ जना पुगेकाे छ ।

