११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । नेपाल बुधबार थप दुइ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मुलुकको विभिन्न ठाउँमा गरिएको परीक्षणमा दुइ सय ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या १६ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिनुभयाे । नेपालमा पछिल्लाे २४ घण्टामा दुइ सय ५३ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् । हालसम्म काेराेना निकाे भएर घर फर्किनेकाे संख्या सात हजार सात सय ५३ जना पुगेका छन् ।

