सिन्धुपाल्चोकमा अर्को बिपत्ति,१९ वेपत्ता

होमल्याण्ड खबर

२०७७ असार २५ गते, बिहीबार ०७:५२ मा प्रकाशित

सिन्धुपाल्चोक : बार्हबिसे नगरपालिका गातीको जम्बु बजारमा अविरल बर्षाका कारण माथिबाट आएको ठाडो खोलाले बजार बगाउँदा १४ घरका १९ जना बेपत्ता भएका छन् । २ जनाको शब फेला परेको छ । ठुलो जनधनको क्षति भएको छ ।

बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाले जानकारी दिए ।

बाढीले मध्यभोटेकोसी जलविद्युत आयोजनाको लजिष्टिक गोदाम बगाएको छ । कोदारी राजमार्गको जम्बुखण्ड बगाएकोले आवतजावत बन्द छ । बाढीले सडक बगाएपछि बाह्रबिसे र तातोपानीको सम्बन्धबिच्छेद भएको छ । बाढीबाट बाँच्न सफल भएका स्थानीय गाउँभन्दा पाँच सय मिटरमाथि खेतमा गएर बसेका छन् ।