११ जेष्ठ २०८३, सोमबार
काठमाडौं, सरकारले छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने भएपछि नेपाल यातायात व्यवसायी महासंघको आपतकालिन बैठक बोलाइएको छ । महासंघका महासचिव सरोज सिटौलाको अनुसार आज दिउँसो १ बजेका बोलाइएको छ ।
बिहीबार मन्त्रिपरिषदका बैठकका निर्णय सुनाउँनु हुँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभएको थियो ।


काठमाडौं उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र र उपत्यका बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछ ।