१० मंसिर २०८१, सोमबार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आइसकेका छन् । आज बिहान जनकपुर आएका उनी दिउसो काठमाडौं आइपुगेका छन् ।
शनिबार मोदी मुक्तिनाथ दर्शनका लागि पुग्ने छन् । नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी र उनको टिममा रहेका अरुको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै सरकारले जनकपुर, काठमाडौं, पोखरा र मुक्तिनाथ परिसरमा विशेष स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ ।
मुक्तिनाथ मन्दिर परिसरमा अस्थायी सघन उपचार कक्ष (आइसियू) समेत बनाइसकिएको छ । मुक्तिनाथ दर्शनका क्रममा आउनसक्ने स्वास्थ्य समस्या समाधानका लागि उक्त व्यवस्था गरिएको हो ।
जोमसोम अस्पतालका आकस्मिक कक्षका प्रमुख भीमराज शाहीका अनुसार आइसियू निर्माणसँगै आवश्यक उपकररणहितको अत्यावश्यक औषधिको व्यवस्था समेत भइसकेको बताए ।
आइसियू कक्षमा भेन्टिलेटर, कार्डियाक मनिटर, इसिजी, आस्किजन सिलिन्डर लगायतका आवश्यक उपकरण छन् ।