पेट्रोलियम पदार्थ बिक्रीका लागि परेका १ हजार २५ आवेदन खारेज

होमल्याण्ड खबर

२०७७ असार २८ गते, आईतवार १४:३७ मा प्रकाशित

काठमाडौं । पेट्रोलियम पदार्थ बिक्रीका लागि भन्दै परेका १ हजार २५ वटा निवेदन नेपाल आयल निगमले खारेज गरेको छ। निगमको सञ्चालक बोर्डले नयाँ बिक्रेताका लागि माग गरेको प्रस्तावका आवेदन दिएका १ हजार २५ वटा निवेदन खारेज गरेका हो।

खारेजसँगै निगमले आवेदन दिँदा बुझाएको दस्तुर रकमसमेत फिर्ता लिन सबैमा आग्रह गरेको छ। निगमले नयाँ बिक्रेता नियुक्तिका लागि भन्दै २०७५ बैशाख र भदौमा माग गरेको आवेदनमा परेको सबै निवेदन रद्द गरेको हो।