११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय एक जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।


नेपालमा पछिल्लो २४ घण्टाम एक सय ४७ जनाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म कोरोना मुक्त भइ हस्पिटलबाट डिस्चार्ज पाउनेको संख्या ८ हजार ५ सय ८९ जना रहेका छन् । नेपालमा काेराेना भाइरस संक्रमणबाट हालसम्म ३८ जनाकाे मृत्यु भइसकेकाे छ ।