थप १६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

होमल्याण्ड खबर

२०७७ श्रावण १ गते, बिहीबार १६:४९ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशकाभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार एक सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । बिहीबार नेपालमा दुई सय १३ जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ११ हजार दुर्ई सय ४९ पुगेको छ ।