११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय १६ जनामा कोराेना भाइरस देखिएको बताए ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार ६ सय ९८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार ६ सय ९५ रहेकाे छ । अर्थात हाल ६ हजार ३ सकृया कोरोना संक्रमित रहेका छन् । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जनाको मृत्यु भइसकेकाे छ ।

