अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध

होमल्याण्ड खबर

२०७७ श्रावण ५ गते, सोमबार १४:३४ मा प्रकाशित

धादिङ, अविरल वर्षाका कारण खसेको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएका छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तरगत गजुरी गाउँपालिकाको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक नेत्र प्रसाद भट्टले बताए।

यस्तै पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका-२, चालिसे क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोसहित ढुङ्गा खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो।

पहिरो हटाएर राजमार्ग सञ्चालनको प्रयास गरिए पनि अविरल वर्षा र पहिरोसहित आएका ढुङ्गा भएकाले समस्या भएको छ। ढुङ्गा र पहिरो हटाउने र सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग अन्तर्गत धादिङ को गजुरीमा सवारी साधनहरु रोकिएका छन्।