११ जेष्ठ २०८३, सोमबार
काठमाडौं, काठमाडौं उपत्यकाका नदी नालाको बहाव सतर्कताको चरण पार गरेको छ । अविरल वर्षाका कारण काठमाडौं लगायतका खोला नदीहरुमा पानीको सतह बढेको छ ।
वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, सुन्दरीघाट, रुद्रमति आदि खोलामा पानीको वहाव बढ्दा खोला किनाराका वस्तीहरु डुबेका छन् । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बाग्मती नदीमा पानीको बहाव बढेर बस्तीमा पसेको छ ।


डुबानका कारण हालसम्म मानवीय क्षति भएको छैन । तर काठमाडौं उपत्यकामा मानिसहरुको आवतजावतमा नै असहज अवस्था उत्पन्न भएको छ ।
कतिपय स्थानमा सवारी साधन नै डुबाएका छन् भने नदी किनाराका सुकुम्वासी वस्तीको जनजीवन तहसनहस पारेको छ ।