रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित, शिर्ष स्थानमा स्पष्ट ८ अंकको अग्रता !

होमल्याण्ड खबर

२०७७ श्रावण ६ गते, मंगलवार ०९:१७ मा प्रकाशित

एजेन्सी : इटालीयन सिरी ए लिग फुटबलमा युभेन्टसले महत्त्वपूर्ण जित निकालेको छ ।क्रिस्टियानो रोनाल्डोले महत्त्वपूर्ण २ गोल गरेपछि मंगलबार बिहान भएको लिगको ३४औं साताको खेलमा युभेन्टसले आफ्नो घरेलु मैदानमा पाहुना टोली लाजियोलाई २–१ ले हरायो ।

टुरिन रंगशालामा युभेन्टसलाई महत्त्वपूर्ण जित दिलाउन रोनाल्डोले २ गोल गरे । जितपछि युभेन्टस लगातार नौ सिरी ए को उपाधि नजिक पुगेको छ । २ गोल गरेका रोनाल्डोले नया इतिहास पनि रचेका छन । यो सिजन सिरी ‘ए’ मा ३० गोल पुर्याएका रोनाल्डो लाजियोविरुद्ध दुई गोल गरेपछि प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’ मा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले प्रिमियर लिगमा ८४, ला लिगामा ३११ र सिरी ‘ए’ मा ५१ गोल गरेका छन् ।