नेपालमा थप १ सय ५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

होमल्याण्ड खबर

२०७७ श्रावण ६ गते, मंगलवार १६:३१ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ५० जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार ९ सय ९४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १२ हजार ४ सय ७७ रहेकाे छ । अर्थात हाल ५ हजार ४ सय ७७ जना सकृया कोरोना संक्रमित रहेका छन् । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जनाको मृत्यु भइसकेकाे छ ।