११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । श्रीमती हत्या अभियोगमा जन्मकैद सजाय तोकिएका अभियुक्तलाई कैद छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ ।
श्रीमती हत्या अभियोगमा जन्मकैद सजाय तोकिएर जेल जीवन बिताएरहेका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालालाई सर्वोच अदालतले कैद छुटको फैसाला गरेपछि महान्यायाधिवक्ताको कार्यालय त्यसविरुद्ध पुनरावलोकनमा जाने भएको हो । काठमाडौं जिल्ला अदालतले जन्मकैद फैसला तोकेका पूर्व डिआइजी कोइरालालाई सर्वोच्चले कैद घटाएपछि बिहीबार जेल मुक्त भएका छन् ।


पूर्व डिआइजी कोराइला श्रमती गीता ढकाललाई मारेर जलाएको अभियोगमा २०६८ साल माघ २८ गते पक्राउ परेका थिए । पक्राउपछि काठमाडौं जिल्ला अदालतले उनलाई जन्मकैद फैसला सुनाएको थियो । अदालतको फैसलापछि कोइरालाले डिल्लीबजार सदरखोरमा जेलजीवन बिताउँदै आएका थिए ।
श्रीमती हत्या अभियोगमा कोइरालाई जन्मकैद तोकिए पनि सर्वोच्चले असार १५ गते सजाय घटाएर ८ वर्ष ६ महिना कायम गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला सुनाएको थियो । सर्वोच्चले श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएकाले कैद घटाइएको फैसला सुनाएको थियो । श्रीमतीको हत्यापछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा पनि प्रभाव पर्न जाने भएकोले कैद सजाय घटाइएको सर्वोच्च्को फैसलामा उल्लेख छ ।