सीतापाइलामा दही किन्न निस्किएकी युवतीमाथि एसिड प्रहार

होमल्याण्ड खबर

२०७७ श्रावण ८ गते, बिहीबार २२:४४ मा प्रकाशित

काठमाडौं, ८ साउन । काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ । प्रहरीका अनुसार विहीबार साँझ ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो ।

कार्कीको अनुहारमा एसिड परेको जानकारी गराइएको छ । जानकारी अनुसार साँझ घरबाट घरबाट दही किन्न भनेर निस्किएकी कार्कीमाथि एसिड प्रहार भएको हो ।

कार्कीलाई उपचारका लागि कीर्तिपुरस्थित अस्पतालमा लगिएको जनाइएको छ । हाल एसिड प्रहार गर्ने ब्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।