पूर्वडिआइजी रञ्जन कोइरालाको पुनरावलोकनमाथि आज सुनुवाई

होमल्याण्ड खबर

२०७७ श्रावण ११ गते, आईतवार ०८:५१ मा प्रकाशित

काठमाडौँ । श्रीमतीको श्रीमती गीता ढकालको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाई हुँदैछ ।

सर्वस्वसहितको जन्मकैदको कोइरालाको सजाय  फैसलालाई    घटाएर  ८ वर्ष ६ महिना कैद सजायको   सर्वोच्चले  फैसला गरे पछि फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन सर्वोच्चमा दर्ता गरेको थियो । सर्वसाधरणको चर्को विरोध भईरहेका बेला महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन सर्वोच्चमा दर्ता गरे पछि विरोध अलि मत्थर भएको छ ।

श्रीमतीको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जन कोइरालाको  सजाय घटाएर   ८ वर्ष ६ महिना कैद सजाय  तोकेको थियो ।