११ जेष्ठ २०८३, सोमबार
काठमाडौं, प्रहरी प्रधान कार्यालयका एक हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी सवारी व्यवस्थापन शाखामा अबद्ध रहेको खुलेको छ । उनी सँगै मुख्यालयकै सञ्चार निर्देशनालयमा कार्यरत तीन प्रहरीमा पनि संक्रमणको आशंका गरिएको छ । यद्यपि ती ३ जनामा भने कोरोना संक्रमण पुष्टि भएको छैन ।
उनीहरुरको पीसीआर रिपोर्ट आएपनि स्वास्थ्य मन्त्रालयले नै जानकारी दिने भन्दै प्रहरी मार्फत जानकारी आएको छैन । सवारी व्यवस्थापन शाखामा कार्यरत हवल्दारमा कोरोना पुष्टि भएसँगै उनी रहने बस्ने ब्यारेकका १७ जना प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब नमुना लिइएको छ ।


स्वाब संकलन गरिएका सबैलाई आइसोलेसनमा राखिएको बताइएको छ । नेपालभर हालसम्म १ सय १५ प्रहरी संक्रमित रहेका छन् । जसमध्ये केही निको भएका छन् । अन्यलाई आइसोलेसनमा राखिएको बताइएको छ ।