रञ्जनकाे मुद्दा पुनरावलाेकन हुने

होमल्याण्ड खबर

२०७७ श्रावण ११ गते, आईतवार १३:५० मा प्रकाशित

काठमाडौं- सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको फैसला पुनरावलोकन हुने भएको छ ।

कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको निष्कर्षसहित महान्यायाधिवक्ताको कार्यालयले उनी रिहा भएकै दिन पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।

न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो ।

आफ्नै श्रीमती हत्या गरेका कोइरालालाई जिल्ला र पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएको भएपनि प्रधानन्यायधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सजाय घठाउने फैसला गरेको थियो ।

प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले असार १५ गते कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको फैसलापछि साउन ८ गते रिहा भएका छन् ।