११ जेष्ठ २०८३, सोमबार
काठमाडौं, नेपाल प्रहरीको मुख्यालय नक्सालमै कार्यरत २७ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो ३ दिनमा प्रहरी मुख्यालयमा कार्यरत २७ प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
पहिलो दिन ४ जनामा संक्रमण देखिएको थियो भने त्यसपछि एकैदिन हिजो २३ जनामा संक्रमण देखिएको हो ।


प्रहरी प्रवक्ता एआईजी निरज शाहीका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकोको ट्रेसिङ प्रक्रिया अगाडि बढाएको छ ।
यस्तै प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । तर एकदम जरुरी परेकालाई भने प्रवेशमा अनुमति रहेको एआईजी शाहीले जानकारी दिए ।