११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १० जना नयाँ संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप दुई सय १० जनामा संक्रमण देखिएको हो ।
हाल देशभर पाँच हजार तीन सय ६० जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा एक सय ४६ जनाले कोरोना जितेर घर फर्किएसँगै नेपालमा कोरोना निको हुनेको संख्या १४ हजार नाघेको छ । हालसम्ममा १४ हजार २१ जनाले कोरोना जितेको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।

